काठमाडौं । ‘मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छन’ भन्दै दिएको अभिब्यक्तिका कारण निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे ‘राजीव गुरुङ’ लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

मनाङ प्रदेश सभा २ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भइसकेका मनाङेलाई मनोनयन पत्र दर्ता गर्दा रक्सी खुवाउँदा लागेको भनेको १५ लाखको सक्कल बिल भौचर, खर्च भुक्तानी गर्दा प्रयोग गरेको बैङ्क तथा खाता नम्बर र उक्त रकम प्राप्तिको स्रोतसमेत खुलाई जवाफ पेश गर्न भनिएको छ ।

advertisement

उम्मेदवार गुरुङले निर्वाचन खर्चका स ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ। ३० लाखमा नेपालमा चुनाव जित्छ त? त्यो निर्वाचन आयुक्तजस्तो ठिस त मैले मान्छे नै देखिन। त्यल्लाई थाहा छैन यो कुरा यार। के गरेको त्यो ३० लाख रे। मनाङमा त एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भन्दै अभिव्यक्ति दिएपछि उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले उनको अभिव्यक्ति प्रचलित निर्वाचन सम्बन्धी कानून र निर्वाचन आचारसंहिताको प्रतिकूल हुने देखिएको भन्दै पत्र कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय मनाङमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

आयोगले मनाङ प्रदेशसभा ‘२’ का लागि २३ लाख खर्च गर्न पाउने सिमा तोकेको छ।

 

प्रकाशित मिति: १३ कार्तिक २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com