काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा अहिले प्रतिभा र श्रम शक्तिको पलायन द्रुत गतिमा भइरहेकोप्रति दुख व्यक्त गरेका छन्।

उनले सबैलाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने वातावरण बनाउनका लागि राजनीतिमा लागेको बताए।

advertisement

उनले बुधवार एक भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘गाउँमा बसौँ बसौँ लाग्ने वातावरण बनाउन म राजनीतिमा लागेको हुँ। त्यो सपना, आकांक्षा र चाहना अहिलेसम्म पुरा हुन सकेको छैन। म त्यसलाई पुरा गर्नका लागि म फेरि चुनाव लडेको छु ।’

अहिले देशको सबैभन्दा ठुलो समस्या र चुनौती भनेकै युवा जनशक्तिलाई गाउँमा बस्ने वातावरण बनाउनु भएको औँल्याए।

 

प्रकाशित मिति: १६ कार्तिक २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com