काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेकपा (एमाले) बाट मुलुकको विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।

नेपाली काँग्रेस चुनाव प्रचारप्रसार समितिअन्तर्गत गठित खेलकुद क्षेत्र समन्वय समितिले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा बरु काँग्रेस सभापति शेरबहादुर देउवासँग क्षमता भएको बताए ।

advertisement

उनले मुलुकमा समन्वयकारी नेतृत्वको आवश्यकता रहेको बताउँदै त्यो क्षमता देउवामा रहेको दाबी गरे ।

“मुलुकमा विभाजनकारी होइन, समन्वयकारी नेतृत्वको आवश्यकता छ,” उनले भने, “काम नगर्ने, कुरा मात्रै गर्ने प्रवृत्तिको नेताबाट देशको विकास समृद्धि सम्भव छैन, देशले जिम्मेवार नेतृत्व खोजेको छ, त्यो नेतृत्व काँग्रेसले मात्रै गर्न सक्छ ।”

व्यवस्थाको रक्षा गर्ने कि व्यवस्थालाई अझै कमजोर बनाउने भन्नेबीचको अहिलेको निर्वाचन रहेको उनको भनाइ थियो । संविधान, प्राप्त उपलब्धि रक्षा गर्न तथा देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका लागि काँग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पनि उनले आग्रह गरे ।

 

प्रकाशित मिति: १६ कार्तिक २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com