काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागिचुनावी अभियानमा व्यस्त रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यराति ठमेलस्थित एक नाइटक्लब पुगेका छन्।

एमाले अध्यक्ष ओली शुक्रबार मध्यरात करिब १२ बजेतिर ठमेलको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा पुगेका हुन्।

advertisement

एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको र्‍याप गीत ‘सहर सहरमा ओली’ समेत सार्वजनिक गरेका छन्।

केपी ओलीका बारेमा बनाइएको र्‍याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो।

शुक्रबार नै ‘केपी बा’ नाम दिइएको अर्को र्‍याप गीत पनि सार्वजनिक भएको थियो।

युवाहरूमाझ लोकप्रिय रहेको र्‍याप गीत सार्वजनिक गर्न आफू एल‌ओडी पुगेको अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

 

प्रकाशित मिति: २६ कार्तिक २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com