धनगढी । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री प्रेम बहादुर आलेले नेपालीको बेइजत गरेको बताएका छन्।

शनिबार डोटीमा एमालेद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले आलेलाई इङ्गित गर्दै यस्तो बताएका हुन्।

advertisement

उनले भने, ‘तिनी मैले आफैँले हस्ताक्षर गरेको मान्छे हुन्। आफैँले सही गरेर उम्मेदवारी दिएको मान्छेको अहिले भाषा सुन्नुस्। डोटीको मात्र होइन सिड्गो भाषा संस्कृतिको बेइज्जत गरेका छन्। के हो मन्त्रीको भाषा। विश्वभरिबाट उनलाई हटाउन भनियो। आन्दोलन र पार्टीको माया नगर्ने विकाससँग माया नगर्ने स्वार्थी तत्वहरुलाई मत दिनुहुदैन। जमानत भन्दा तल पार्नुपर्छ।’

 तत्कालीन मन्त्री रहेकै बेला आलेको कुनै बेला बोलेको अश्लील गाली सामजिक संजालमा भाइरल भएको थियो। मन्त्रीबाट राजीनामा दिनुपर्ने सर्वत्र दबाब भए पनि उनले मन्त्रीबाट राजीनामा दिएका थिएनन्।

अहिले डोटीबाट वाम लोकतनन्त्रिक गठबन्धनका तर्फबाट एमालेविरुद्ध उनै आले मैदानमा उत्रेका छन्। ओलीले कुनै हालतमा पनि यसपटक आलेलाई संसद्‌मा आउन नदिनका लागि पनि एमालेका उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरे।

प्रकाशित मिति: २६ कार्तिक २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com