काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई एमालेमै फर्किन आग्रह गरेका छन्।

‘पहिले गरेका गल्ती सच्याएर एमालेमै आउनुस्, हामी ती गल्ती बिर्सिएर महत्वपूर्ण जिम्मेवारी दिन्छौँ,’ आइतबार सुर्खेतमा भएको पार्टीको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने।

advertisement

यस्तै, नेकपा एमालेले बहुमत ल्याएर सरकार बनाउने उनले दाबी गरेका छन्।

ओलीले गठबन्धन गरेका दलहरू राजनीतिका बिचौलिया भएकोले जनताले उनीहरूलाई मत नदिने बताए।

अहिलेको निर्वाचनमा एमालेलाई हराउनका लागि देशी-विदेशी प्रतिक्रियावादीहरू मिलेर घेराबन्दी गर्न खोजिरहेको ओलीले बताए।

उनले देशमा भएका अधिकांश कामहरू एमालेको नेतृत्वमा भएको दाबी गर्दै गठबन्धन गरेका दलहरूले घोषणापत्र ल्याएर जनतालाई अलमल्याउन खोजेको आरोप लगाए।

प्रकाशित मिति: २७ कार्तिक २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com