जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र शाहीले आफ्नो उम्मेदवारी जुम्लाको विकासको लागि भएको बताएका छन्।

शाहीले जिल्लाभर घरदैलो गरेर जुम्लाको सदरमुकाममा आज आयोजित सभामा यस्तो बताएका हुन् । ‘ज्ञानेन्द्र शाही जिताउ अभियान’ले आयोजना गरेको जनसभामा शाहीले आफ्नो उम्मेदवारी राष्ट्रको नेतृत्वका लागि भएको बताए । ३४ वर्ष अघिबाट जुम्लाले एक मन्त्री समेत नपाएको भन्दै आफूले जुम्लाबाट जितेर गएपछि राष्ट्रको नेतृत्व गर्ने पनि उनले बताए  ।

advertisement

‘आज जुम्लीलाई सुर्खेत समेत गएर कसैले अभद्र व्यवहार गर्यो भने सोध्ने मान्छे छैनन्’, उनले भने, ‘यो चुनाव जुम्लावासीले काठमाण्डौको कठालो समात्ने वा पैतला समात्ने दिनको फैसला भएकाले जुम्लाले न्याय गर्ने छ ।’

केही दिन अघि गठबन्धनले जुम्लामा आयोजना गरेको चुनावी सभामा प्रचण्डले भाषण गरेका थिए । त्यही स्थानबाट ज्ञानेन्द्रले प्रचण्डको भाषणको खण्डन गरेका छन् । उनले भने, ‘ज्ञानेन्द्रले चुनाव जित्यो भने जुम्लीलाई दास बनाउन नपाइने भयो भनेर ज्ञानेन्द्र हराउन प्रचण्ड जुम्ला आएका हुन् ।’

प्रकाशित मिति: २९ कार्तिक २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com