जनकपुरधाम । महोत्तरीको क्षेत्र नं. १ (ख) का स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योञ्जन डेढ लाख नगदसहित पक्राउ परेका छन्। उनी चढेको गाडीमा  डेढ लाख नगद फेला परेपछि उनलाई पक्राउ गरिएको हो।

महोत्तरी बर्दिवास नगरपालिका ११ खयरमारा स्थित पाँचे टोलबाट स्वतन्त्र उम्मेदवार योन्जन चढेको गाडीबाट प्रहरीले डेढ लाख रुपैयाँ बरामद गरेको छ।

advertisement

उम्मेदवार योन्जनले आचारसंहिता विपरीत मतदातालाई प्रलोभनमा पार्ने हिसाबले पैसा बोकेर हिँडेको पाइएपछि उनलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनिले जानकारी दिए।

शुक्रबार साँझ पाँचे टोलमा पुगेका योन्जनको गाडीबाट रकम फेला पारी बरामद गरिएको महोत्तरी प्रहरीले जनाएको छ।

बा १४ च ८८७४ नम्बरको स्कार्पियोमा अन्य व्यक्तिहरूलाई लिएर हिँडेका योन्जनसहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको छ।

पाँचे टोलका स्थानीयको घरमा गएर कुरा गर्दै मतदातालाई प्रलोभन पार्न प्रयास गरिरहेको सूचनाका आधारमा खानतलासी गर्दा स्वतन्त्र उम्मेदवार योन्जनबाट उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रकाशित मिति: २ मंसिर २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com