काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा नेकपा एमालेका प्रदेशसभाका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं ५ ख का प्रदेशसभा उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै बुढानिलकण्ठ नगरपालिका- ६ का वडाध्यक्ष  र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले पक्राउ गरेको हो ।

advertisement

उनीहरूलाई अहिले बुढानिलकण्ठ प्रहरी प्रभागमा लगिएको छ। अहिले प्रहरी प्रभागमा ठुलो सङ्ख्यामा नागरीकहरुको उपस्थिति रहेको छ। कांग्रेसका कार्यकर्ताहरु उम्मेद्वारी खारेजीको माग राख्दै बिरोध प्रदर्शन गरिरहेका छन्। आरोपित टोलिलाई हाल चक्रपथ महाराजगंज वृत लागिएको छ।

यसै बिच प्रदेश सांसद उम्मेदवार दिपक निरौलाले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

उनले क्यान्सर रोगबाट लामो समयदेखि बिरामी परेर थलिएका तोक्मान लामासँग कुराकानी गरिरहेका बेला अनावश्यक आरोप लगाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले आफूमाथि अनावश्यक आरोप लगाउनेहरुलाई आरोप प्रमाणित गर्न खुला चुनौती दिएका छन् ।

उनले आफू राजनीतिक मान्छे भएकाले गैरराजनीतिक कार्य कहिल्यै नगर्ने दाबी गरे । उनले आरोप लगाउनेहरुलाई सप्रमाण पुष्टि गर्न चुनौती दिएका छन् ।  आफूमाथि अनावश्यक आरोप लगाई समाजलाई आतंकित नपार्न पनि उनले चेतावनी दिएका छन् ।

प्रकाशित मिति: २ मंसिर २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com