काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् । अध्यक्ष नेपालले गृह जिल्ला रौतहटको निर्वाचन क्षेत्र नम्बर १ स्थित रामजानकी कन्या आधारभूत माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

अध्यक्ष नेपालसँगै श्रीमती गायत्री नेपालले पनि मतदान गरेका छन् । नेपालले जनताले पाएको सार्वभौम अधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गर्दै मौन अवधिको बेलामा आचारसंहीताको उल्लंघन भएको पाइएकाले आयोगले आवश्यक कारबाही गर्नुपर्ने बताए ।

advertisement

सरकारले निर्वाचनका विकृतिलाई रोक्न कडाइ गर्न आवश्यक रहेको भन्दै भने, ‘खासगरी निर्वाचनमा देखापरेको विकृतिहरुको बारेमा खबर धेरै सुनेको छु । रातभर पैसा बाँड्दै अनि मासुमाछाको भतेर लगाउँदै विपक्षीहरु हिँडेको सुनियो । खासगरी प्रमुख विपक्षीको रुपमा रहेको पार्टीका उम्मेदवारहरुले आचारसंहीताको चरम उल्लंघन गरेको भन्ने सुनेँ । राति मोटरसाइकलमा पैसा बाँड्दै हिँडेको, ठाउँठाउँमा फेला पनि परेको सुन्नमा पनि आएको छ । यी विकृतिलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा धेरै कडाइ गर्नुपर्ने आवश्यकता छ ।’

 

प्रकाशित मिति: ४ मंसिर २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com