काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा चार पटकको विजेता जर्मनी र एसियाली राष्ट्र जापानबीच खेल सुरु भएको छ ।

विश्वकप फुटबलको उपाधि दाबेदार राष्ट्र जर्मनीले समूह ‘ई’ को पहिलो खेलमा जापानविरुद्ध खेलेको हो । जर्मनी र जापानबीचको खेल कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा सुरु भएको छ ।

advertisement

एसियाली फुटबलको शक्ति राष्ट्र जापान आफ्नो पहिलो खेलमा नै जर्मनीविरुद्ध अंक खोस्ने लक्ष्यमा छ । २०१८ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको जर्मनी भने यो विश्वकपको उपाधि जित्ने लक्ष्य लिएर कतार पुगेको हो ।

जर्मनीले जापानीविरुद्ध ४–२–३–१ को फर्मेसनमा खेलेको छ । यता, जापानले पनि यहि फर्मेसनमा जर्मनीविरुद्ध खेलेको छ ।

जर्मनी राष्ट्रिय फुटबल टिमः

गोलकिपरः म्यानुएल नेउर

डिफेन्डरः एन्टोनियो रुडिगर, निकलस सुले, निको स्लोटरबेक, डेविड राउम

मिडफिल्डर–फरवार्डः जोसुवा किमिख, इल्काए गुन्डोगन, काइ हाभट्र्ज, जमाल मुसियला, थोमस मुलर, सर्ज नाब्री

जापान राष्ट्रिय फुटबल टिमः

गोलकिपरः सुइची गोन्डा

डिफेन्डरः हिरोकी साकाई, माया योशिडा, को इताकुरा, युटो नागाटोमो

मिडफिल्डरः वातारु इन्डो, आओ तानका, दाइची कामाडा, जुन्या इटो, ताकेफुसा कुबो

फरवार्डः डाइजेन माएडा

प्रकाशित मिति: ७ मंसिर २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com