काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन्। महोत्तरी क्षेत्र नं ३ मा ठाकुरले पूर्वकृषि मन्त्री हरि नारायण यादवलाई दुई हजार ५० मतान्त्ररले पराजित गरेका हुन्।

ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा यादवले १४ हजार ३२५ मत ल्याएका छन्।

advertisement

यससँगै लोसपाले प्रतिनिधिसभातर्फ चार सिट जितेको छ। रुपन्देही ४ बाट सर्वेन्द्रनाथ सुक्ला, सर्लाही १ बाट रामप्रकाश चौधरी, महोत्तरी २ बाट शरतसिंह भण्डारी यसअघि नै विजयी भएका हुन्।

प्रकाशित मिति: ९ मंसिर २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com