काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली प्रकाशकीय अधिकृतलाई पक्राउ गरेको छ। गोरखाको सहिद लखन गाउँपालिका घर भई जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा आफूलाई जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत बताउने आकाशचन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको हो।

आइतबार दिउँसो पौने चार बजेको समयमा परियारले आफूलाई प्रशासन कार्यालयको प्रशासकीय अधिकृत भएको बताई ठगी गरिरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी गङ्गाबहादुर थापाले बताए।

advertisement

आफू जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई निजामती कर्मचारीको पोसाक सहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रहरू, आकाश चन्द्र परियार प्रशासकीय अधिकृतको रबर छाप बोकिरहेको अवस्थामा फेला पारेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

परियारलाई पक्राउ गरी उनी बसेको होटेलको कोठामा गई खानतलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप र दस्तखत भएका पत्रहरू, विभिन्न कार्यालयका छापहरू (स्ट्याम्प), ल्यापटप, नगद ६३ हजार रुपैयाँ, पेनड्राईभ लगायतका सामानहरू फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।

नक्कली प्रकाशकीय अधिकृत बताउने परियार विरुद्ध ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताए।

 

प्रकाशित मिति: १२ मंसिर २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com