काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति कटाक्ष गर्दै चुनाव चिह्न बारे सोधेका छन् ।

पार्टी कार्यालय ललितपुरको च्यासलसमा भ्रातृसंगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चको शुभकामना तथा बधाई कार्यक्रममा उनले अमेरिकन फ्रिडम पार्टीको चुनाव चिह्न र नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न किन उस्तै भयो भन्ने प्रश्न गरे ।

advertisement

आजको कार्यक्रममा सबैभन्दा धेरै रास्वपाको विपक्षमा बोलेका ओलीले भने, ‘अमेरिकामा एउटा अमेरिकन फ्रिडम पार्टी छ। त्यसको चिह्न घण्टी छ। दुरुस्तै आकारको फोटो खिचेजस्तो घण्टी यहाँ ल्‍याएको छ। तर फ्रिडम पार्टी । यो संयोग नै होला।’

ओलीले पहिले सुकेको घण्टी अहिले बेलुन झै फुलेको बताए । ओलीले आजको कार्यक्रममा धेरै अध्यात्मवादका बारेमा बोले । नेपालमा पश्चिमावाद आउन सक्ने भन्दै चिन्ता गरेका थिए ।

प्रकाशित मिति: १३ मंसिर २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com