काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताएका छन।

तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘देशलाई सुशासन आवश्यक छ, भ्रष्ट्राचार र कमिशनतन्त्र रोक्न सक्यौँ भने देशको विकास हुन्छ, नेता पौडेलले भने, ‘कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ, पर्यटनको विस्तार गाउँसम्म पु¥याउनुपर्छ, गाउँगाउँमा उद्योग खोल्नुपर्छ, यसले गाउँमा नै रोजगारी सिर्जना गर्छ र समृद्ध मुलुक बनाउन सकिन्छ।’

advertisement

उनले नवनिर्वाचित जनप्रतिनिधिले जनताको विश्वासमा धोका दिन नहुने बताए। उनले आजै पुलिमराङस्थित सहिद पार्क पुगी सहिदको सालिकमा माल्यापर्ण गरेका थिए। त्यस अवसरमा उनले आफू सहिद धर्मध्वज गुरुङको प्रेरणाले राजनीतिमा लागेको बताए।

प्रकाशित मिति: १९ मंसिर २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com