काठमाडौँ । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो ।
मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको सत्ता गठबन्धनले निष्कर्ष निकालेको छ ।
बैठकले प्रतिनिधि र प्रदेश निर्वाचन शान्ति पूर्ण रूपमा सम्पन्न गराएको भन्दै निर्वाचन आयोग र सरकारलाई धन्यवाद पनि दिएको एक नेताले जानकारी दिए ।
प्रकाशित मिति: १९ मंसिर २०७९, सोमबार













प्रतिक्रिया