काठमाडौं । मनाङबाट गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङेलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा स्वागत गरेका हुन् ।

मनाङे पार्टी प्रवेश गरेसँगै गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ एकीकृत समाजवादीको एक सिट भएको छ । यसअघि गण्डकी प्रदेशसभा प्रत्यक्षतर्फ यो पार्टी शून्य थियो ।

advertisement

मनाङे २०७४ मा पनि स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए । यसपटक पनि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । अघिल्लो प्रदेशसभामा सत्ता समीकरण फेरबदल भइरहँदा मनाङे निर्णायक देखिएका थिए । जसका कारण उनले पटक-पटक मन्त्री बन्ने अवसर पनि पाए ।

एकीकृत समाजवादीमा प्रवेश गर्दै मनाङले सुरुमा आफूले ‘स्वतन्त्र रूपमा रही जनताको सेवा गर्ने’ निर्णय गरेको उल्लेख गर्दै अब भने राजनीतिक पार्टीको संगठनमा आबद्ध हुने निर्णय गरेको जनाएका छन् ।

सोही निर्णयका आधारमा एकीकृत समाजवादीसँग आफ्नो नीति, सिद्धान्त र विचार मेल खाएकाले उक्त पार्टीमा प्रवेश गरेको मनाङेको स्पष्टोक्ति छ ।

प्रकाशित मिति: १९ मंसिर २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com