काठमाडौं । साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने पक्राउ परेका छन्। ब्युरोको नक्कली पेज बनाएर सर्वसाधारणलाई झुक्याएको आरोपमा १८ वर्षीय युवकलाई पक्राउ गरेको एसपी भाग्येन्द्र पुरूष ढकालले जानकारी दिए।

चितवन रत्ननगर नगरपालिका-५ झुवानी टोल बस्ने १८ वर्षीय करण महतोलाई साइबर ब्युरोले पक्राउ गरेको हो। उनले ‘साइबर ब्युरो नेपाल’ नामको फेसबुक पेज बनाएको आरोप छ।

advertisement

उनलाई चितवन प्रहरीको सहयोगमा सोमबार पक्राउ गरिएको हो।

उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com