धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङले सामाजिक संजाल फेसबुकमा एक स्टाट्सस लेख्दै धरान बन बिभागका सुरक्षाकर्मीलाई एक सुझाव दिएका छन् ।

धरानको जंगल नजिक साबुन फ्याक्ट्री बनाउन खोज्दा बन बिभागका सुरक्षाकर्मी बन्दुक लिएर आएको प्रकरणमा उनले उक्त बन्दुक बोकेर सिमा मिचिएको महाकाली तिर जान आग्रह गरेका हुन्।

advertisement

मेयर साम्पाङ फेसबुकमा लेख्छन्, ‘साबुन फ्याक्ट्री बनाउने स्थलमा आउँदा अस्तिको जस्तो बन्दुक होइन ढुङ्गा फुटाउने घन र गुट्टी कुट्ने ह्यामर लिएर आउनु ! बन्दुक बोकेर त महाकाली तिर जानु जहाँ सिमा मिचिएको छ।’

 

प्रकाशित मिति: २१ मंसिर २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com