काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा सङ्घीयताको औचित्य समाप्त भएको बताएका छन्।

शुक्रबार गृहजिल्ला कपिलवस्तुमा आयोजित एक कार्यक्रममा विप्लवले सङ्घीयताबारे खरो टिप्पणी गरेका हुन्। उनले नेपालमा हाल अभ्यास भइरहेको सङ्घीयताको औचित्य सकिएको बताएका हुन्।

advertisement

विप्लवले हाल अभ्यासमा आइरहेको संघीयताभन्दा जनताको समानुपातिक सङ्घीयताको खाँचो रहेको औँल्याए। ‘मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको परिणामले अहिलेका दलहरूको औचित्य पनि सकिएको पुष्टि गरेको छ’, उनले भने,‘अझ बढ्दो आर्थिक सङ्कटले मुलुक कमजोर अवस्थामा पुगिसकेको छ।’

महासचिव विप्लवले अब सङ्घीयता देशले धान्न नसक्ने भएकाले विशेष आर्थिक नीतिको खाँचो औँल्याए। उनले अब विशेष आर्थिक कार्यक्रम नल्याउने हो भने देश श्रीलङ्काभन्दा ठूलो सङ्कटमा जाकिने पनि उल्लेख गरे।

विप्लवसहितका साना कम्युनिस्ट पार्टीले मंसिर ४ को निर्वाचन बहिष्कार गरेका थिए।

 

प्रकाशित मिति: २३ मंसिर २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com