जनकपुरधाम । जनकपुरधाम–जयनगर रेलले किचेर एक जनाको मृत्यु भएको छ । जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले किचेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जयनगरबाट जनकपुरधामको लागि छुटेको रेलले विदेह नगरपालिका स्थित वैदेही स्टेसनमा चढ्न लागेका एक व्यक्तिलाई किचेको हो। रेल चढ्न लाग्दा खुट्टा अड्किएपछि सोही रेलले किचेर मृत्यु भएको प्रहरीले बताए।

advertisement

रेल्वे महाप्रबन्धक निरञ्जन झाका अनुसार विदेही स्टेशनबाट हिंडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर एकजना रेल्वे लिकमा खसेका थिए। लिकमा खसेका व्यक्तिको सोही रेलले किचेर मृत्यु भएको छ।

मृतकको पहिचान भने खुलेकेको छैन। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३ पुस २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com