काठमाडौं । प्रतिनिधि सभाको चुनावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग डडेल्धुरामा पराजित भएका सागर ढकालले संसद प्रतिपक्षविहीन भएकाले आफूले बानेश्वरबाट प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

बुधबार सामाजिक सञ्जालमा संसद भवन बानेश्वरलाई पृष्ठभूमिमा राखेर भिडिओ सार्वजनिक गर्दै ढकालले मन्त्रिपरिषद् विस्तारलगायत विषयमा आफ्ना धारणा राखेका छन्।

advertisement

अहिलेको मन्त्रिपरिषदमा ९० प्रतिशत सदस्यहरू पुराना भए पनि १० प्रतिशतबाट आफूले केही नयाँ काम हुने आशा गरेको बताएका छन्।

रवि लामिछानेलाई शंकाको सुविधा दिएको उल्लेख गर्दै उनले राजेन्द्र लिङ्देन ऊर्जा मन्त्री हुनु गलत भएको बताएका छन्।

‘मैले बानेश्वरको संसद भवनभित्र आफ्ना कुरा राख्ने गरी मत पाइनँ। तर अहिले संसद प्रतिपक्षविहीन भयो,’ ढकालले सेतोपाटीसँग भने,‘त्यही भएर अब संसद भवनलाई पृष्ठभूमि राखेर समसामयिक विषयमा आफ्ना कुराहरू राख्नेछु।’

 

प्रकाशित मिति: ४ माघ २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com