काठमाडौँ । अधिवक्ता स्वागत नेपालको टोलीले प्रेमप्रसाद आचार्यले आफूले आत्मदाह गर्नुको कारणबारे उल्लेख गरेका व्यक्तिहरुविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेको छ ।

अधिवक्ता नेपालसहितको टोलीले आचार्यले उल्लेख गरेका सबै व्यक्ति तथा संस्थाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा किटानी जाहेरी दर्ता गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

advertisement

सुरुमा तीनकुने प्रहरी कार्यालय पुगेका उनीहरूको जाहेरीमा सरकारको विरुद्ध भएको भन्दै तीनकुने प्रहरीले संशोधन गर्न लगाउँदै दर्ता गर्न नमानेपछि आफूहरू जाहेरी दर्ता गर्न जिल्ला प्रहरी परिसर पुगेको अधिवक्ता नेपालले बताए ।

आचार्यले सामाजिक सञ्जालमा गरेको पोस्टमा नाम चलेका डिपार्टमेण्टल स्टोर, मार्ट, कलेजलगायत धेरै व्यक्ति तथा संस्थाहरूले उधारो नतिरेको र आफू ऋणमा डुबेको बताएका छन् । त्यस्तै, परिवारले पनि पैतृक सम्पत्ति अंश दिन विभेद गरेको बताएका छन् । त्यस्तै, आफूलाई यो अवस्थामा पुर्‍याउनमा सरकार र कानुन पनि जिम्मेवार रहेको बताएका छन् ।

 

प्रकाशित मिति: १२ माघ २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com