काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन् । उनले पार्टी सभापतिबाट राजीनामा दिएकाे ग्लोबल नागरिकसँग पुष्टि गरे । पार्टीभित्र सिमित व्यक्तिको मनोमानी चलेको आरोप लगाउँदै सापकोटाले पार्टी छोडेको घोषणा गरेका हुन् ।

राणा शासन जस्तो गरी पार्टीलाई अगाडि बढाउन खोजिएको उनको गुनासो छ । पार्टीमा बोल्ने अधिकारसमेत नदिइएको सापकोटाको भनाइ छ ।

advertisement

जनताको अभिमतलाई बेवास्ता गरिएकोसमेत बताउँदै आफूले राजीनामा दिएको सापकोटाले बताए । आफू अब स्वतन्त्र रहेको पनि उनले जनाए ।

सापकोटाले चितवन २ बाट केन्द्रीय अध्यक्ष रवि लामिछानेलाई जिताउन भूमिका खेलेका थए ।

प्रकाशित मिति: १८ माघ २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com