काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले कुनै व्यक्तिले अर्को दल खारेजीको लागि निवेदन दिने व्यवस्था संविधानमा नभएको बताएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको लागि आयोगमा परेको निवेदनबारे उनले यस्तो बताएका हुन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भने, ‘रास्वपाको दर्ता खारेजीको विषय छ । त्यसलाई हामीले कानूनबमोजिम टुङ्ग्याउनु पर्दछ । राजनीतिक दलको दर्तासम्बन्धी ऐनको दफा १२ र १३ र नेपालको संविधानको धारा २७० तपाईँहरूले पनि हेर्नुस् । यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाऊँ भनेर निवेदन दिने अधिकार दिँदैन ।’

advertisement

उनले रास्वपा खारेजीको विषयमा परेको निवेदनको बेलैमा कानुन अनुसार अध्ययन गरेर निर्णय गर्ने बताए ।

उनले भने, ‘दल दर्ताको लागि निवेदन दिन मिल्ने भए त ‘क’ भन्ने पार्टीका मान्छेले ‘ख’ भन्ने पार्टी खारेजीको लागि निवेदन दिँदै हिँडिहाल्छ नि । त्यसकारण त्यस्तो परिकल्पना गरेको छैन । दलीय प्रतिस्पर्धामा आउनेहरू इमान्दार हुन्छ । त्यस्ता व्यक्तिहरू राष्ट्र र जनताप्रति प्रतिबद्ध हुन्छन् । उनीहरूले बुझाउनुपर्ने डकुमेन्ट बुझाउनुपर्छ । हामीले पनि विश्वास गर्ने न हो। त्यसैले आयोगमा परेको निवेदनको समयमै निरूपण गर्छौँ ।’

निर्वाचन आयोगले यसअघि पनि ४१ वटा दल खारेज गरेको बताए । उनले निर्वाचनसम्बन्धी कानुन केही परिमार्जन गर्न आवश्यक भएको बताए ।

 

प्रकाशित मिति: २० माघ २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com