काठमाडौँ । कमल थापा नेतृत्वको ‘राप्रपा नेपाल’ फुटेको छ । यद्यपि घोषणा हुन् भने बाँकी छ। पार्टीका उपाध्यक्ष लाक्पा तामाङको नेतृत्वमा पूर्व राप्रपा नेपालको टिम पार्टी छाडेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएको हो ।

यसअघि राप्रपा नेपालका अध्यक्ष रहेका तामाङले थापालाई गत फागुनमा अध्यक्ष पद सुम्पिएका थिए । तामाङले त्यति बेला थापालाई उनको नासो सुम्पिएको बताएका थिए ।

advertisement

तामाङले आइतबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने बताइएको छ । पार्टीको औचित्य नै नभएका कारण आफूहरूले पार्टी परित्याग गर्न लागेको असन्तुष्ट समूहले जनाएको छ ।

 

प्रकाशित मिति: २१ माघ २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com