काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सङ्गठन विस्तारमा केन्द्रित हुने भएको छ । रास्वपाले सत्ता छाडेर सङ्गठन विस्तार र निर्माणमा केन्द्रित हुने भएको हो ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा रवि लामिछानेले ३२ दिन उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।उनले राजीनामा दिएपछि रास्वपाका अन्य तीन मन्त्रीले पनि १९ दिनमा राजीनामा दिएका हुन् । जसमा श्रम मन्त्री डिपी अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्रीबाट तोषिमा कार्कीले राजीनामा दिएकी हुन् ।

advertisement

सत्ता बाहिर बसेर सङ्गठन निर्माणमा केन्द्रित हुने केन्द्रीय सदस्य गणेश कार्कीले बताए । उनले भने, ‘सरकारलाई समर्थन कायम गर्दै मन्त्री ज्यूले राजीनामा दिनु भएको छ । अब पार्टीको सङ्गठन विस्तारमा लाग्ने छौँ । अब पार्टी बलियो बनाएर जानुको विकल्प छैन । पार्टी बलियो भए यस्ता सरकार धेरै बनाउन सकिन्छ भन्ने छ ।’

लामिछानेले राजीनामा पछि पहिलो पटक सोमबार केन्द्रीय समिति र संसद्को बैठक बसेको थियो । बैठकले सङ्गठन विस्तारलाई जोड दिने निर्णय गरेको हो ।

सङ्गठन विस्तार, भेला, छलफल बैठकहरू सातै प्रदेश र ७७ जिल्लामा चलाइने रास्वपाले जनाएको छ । अहिले गण्डकी प्रदेशको मात्रै बैठक बसेको छ । पार्टीका कतिपय नेताहरुले लामिछानेको पासपोर्ट र पूर्ण फैसला नआएकाले पार्टीको स्थिति के हुने हो भन्ने विषयमा चिन्ता व्यक्त गरेका छन् ।

पार्टीको सर्वेसर्भा सभापति भएकाले सबै मुद्दा किनारा छिनो लागेमा सहज हुने नेताहरूको भनाई छ ।

 

प्रकाशित मिति: २४ माघ २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com