काठमाडौँ । रन्जु दर्शना विवेकशील साझा पार्टीमा फर्केकी छन्। डेढ वर्षपछि उनी विवेकशील साझा पार्टीमा फर्किएकी हुन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले पार्टीमा फर्केको जानकारी दिएकी हुन्।

‘करिब डेढ वर्ष स्वतन्त्र रहेको म विवेकशील साझा पार्टीबाटै दलीय राजनीति पुनारम्भ गर्दैछु,’ उनले भनेकी छन्, ‘भोलि र पर्सी ९२७-२८० गते हुने वि.सा.पा. महाधिवेशनबाट एकीकृत र सशक्त पार्टी निर्माणमा लाग्न म पनि प्रतिबद्ध छु।’

advertisement

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। काठमाडौँको क्षेत्र नम्बर ५ बाट सेलरोटी चिन्ह लिएर निर्वाचन लडेकी थिइन्।

तर उनले जित हात पार्न सकिनन्। यो क्षेत्रमा नेपाली काँग्रेसका प्रदीप पौडेल निर्वाचित भएका थिए।

 

प्रकाशित मिति: २६ माघ २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com