काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङदेनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन्।

शनिवारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी सङ्गठनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका मन्त्री लिङदेनले चौतर्फी रूपमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको कुरा अहिले शीर्ष दलका नेताहरुले नै भन्ने गरेको बताए।

उनले नेपालको निर्णायकत्व नेपालीको हातमा नभएको कुरा शीर्ष नेताहरुले बताउँदै आएको भन्दै अबको विद्यार्थी सङ्गठनले त्यसमा खबरदारी गर्न सक्नुपर्ने बताए।

उनले विद्यार्थीहरू राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्ने उल्लेख गरे। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी सङ्गठन गुण्डा उत्पादन, हुल्लड अनुशासन हीन उत्पादन गर्ने सङ्गठन नभई देशभक्त उत्पादन गर्ने सङ्गठन भएको बताए। उनले आफ्नो पार्टीले देशको बारेमा कसैसँग सम्झौता नगर्ने दाबी गरे।

 

प्रकाशित मिति: २८ माघ २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com