काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले हिमाली जिल्लाहरूमा अझै किताब नपुगेको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा समय लिई बोलेका उनले भने, ‘हिमाली जिल्लामा किताब पुगेको छैन। जुम्लालगायत जिल्लामा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ।’

advertisement

अन्यत्र भने वैशाख १ देखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ।

हिमाली जिल्लामा तत्कालै किताब पठाउनुपर्ने उनले बताए। उनले मतपत्र छाप्ने सरकारले किन किताब छाप्न सक्दैन भन्ने प्रश्न पनि गरेका छन्।

‘सरकारले मतपत्र छाप्न सक्छ, किताब किन छाप्न सक्दैन यो प्रश्न हो। छिटो किताब उपलब्ध गराइयोस्,’ उनले भने।

 

प्रकाशित मिति: २९ माघ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com