काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपति निर्वाचनका सवालमा गठबन्धनभित्रै अविश्वास पैदा भए यो संविधान र व्यवस्थाको भविष्य नै अन्योलमा पर्ने बताएका छन् । पूर्व मन्त्री समेत रहेका नेता पाण्डेले सत्ता साझेदार दलहरूबिचमै बढेको अविश्वासले राम्रो सङ्केत नगरेको बताए ।

‘अहिलेको अवस्था धेरै हिसाबले अप्ठेरो छ । त्यसमा पनि राष्ट्रपतिको चुनावमा गठबन्धनभित्रै सौहार्दता वा विश्वास भएन भने त्यसपछिको भविष्य के हुन्छ भनेर कसैले भन्नै सक्दैन’, नेता पाण्डेले नेपाली राजनीतिमा देखिएको विकृतितर्फ सङ्केत गर्दै भने,‘ एकले अर्कोलाई विश्वास नगर्ने, एकअर्काबीच एकता र समझदारी नगर्ने, सबै कुरा अन्तिममा गएर पदसँग साट्ने, जनता र राष्ट्रको हितभन्दा पदमा लगेर जोड्ने कारणहरूले गर्दा नेपाली राजनीति त्यसमा पनि कम्युनिस्ट आन्दोलनले नोक्सानी खेपिरहेको  छ ।’

advertisement

उनले यही अवस्था रहने हो भने राष्ट्रपतिको निर्वाचनपछि सङ्घीयता र संविधान रहन्छ भन्ने विश्वास गर्न नसकिने बताए ।

 

प्रकाशित मिति: २९ माघ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com