काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृह मन्त्रालय पाए तत्काल सरकारमा जाने बताएका छन्।

रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेको साक्षात्कारमा परियारले विगतमा भएको सहमति अनुसार राष्ट्रपति र सभामुख एमाले, प्रधानमन्त्री माओवादी केन्द्र र चौथो ठुलो दलको हैसियतले गृह मन्त्रालय रास्वपालाई दिए तत्काल सरकारमा सहभागी हुने स्पष्ट पारे।

advertisement

राष्ट्रपतिमा पनि विगतकै सहमति अनुरूप सत्ता गठबन्धनबाटै चयन हुने दाबी उनले गरे। उनले भने, ‘लोकतन्त्रमा कहीँ नभएको विधि काँग्रेसले राष्ट्रपतिकै लागि सरकारलाई समर्थनको सहमति दियो।’

वैशाख २ गते हुने चितवन क्षेत्र नं दुईमा हुने उपनिर्वाचनमा रास्वपाले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई नै पुनः उम्मेदवार बनाउने र लामिछानेले भारी मतले विजय हुने दाबी परियारले गरे।

विगतका राष्ट्रपतिहरू कुनै न कुनै विवादमा तानिएको बताउँदै परियारले भने, ‘अब बन्ने राष्ट्रपति निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्न सक्ने व्यक्ति चयन हुनुपर्छ।’

राजनीतिक अस्थिरतातर्फ देश गइरहेको अवस्थालाई मध्यनजर गर्दै रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर सरकारबाट आफ्नो प्रतिनिधिहरूलाई फिर्ता बोलाएर सरकारलाई सहयोग गरिरहेको परियारले बताए।

विगतमा झैँ फोहोरी राजनीतिक प्रक्रियाले निरन्तरता पाएको अवस्थामा नेपाली जनजनमा निराशा छाउनु स्वभाविक रहेको बताउँदै उनले छोटो समयमै रास्वपाले त्यसलाई चिर्ने प्रयास जारी राखेको दाबी गरे।

 

प्रकाशित मिति: १ फाल्गुन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com