काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय समितिको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो। सोमबार पार्टी कार्यालय बसुन्धराको बैठकले पूर्वसहमतिअनुसार नै गृहमन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय गरेको हो।
बैठकको निर्णयबारे जानकारी दिँदै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले थप सहमति नभएकाले सरकारमा तत्काल सरकारमा नजाने बताए। उनले नयाँ सहमति भएमात्र सरकारमा जान सक्ने सम्भावना रहेको बताए।
पार्टी सभापति रवि लामिछानेको नागरिकता सम्बन्धि मुद्दाको फैसलापछि गृहमन्त्रालय गुमाएको रास्वपाले गृहमन्त्रालय नपाएपछि माघ २२ गते सरकारलाई समर्थन जारी राख्दै मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो।
प्रकाशित मिति: २ फाल्गुन २०७९, मंगलबार











प्रतिक्रिया