काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारी नदिने बताएका छन् ।

आज कास्कीको पोखरामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेबाट सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको अबस्थामा अब राष्ट्रपति पनि एमालेकै बनाउन नहुँनेमा जोड दिए। उनले अहिलेको सत्ता गठबन्धनको आलोचना गर्दै यो गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन्। संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको उनको भनाई छ ।

advertisement

देशको राजनीति अहिले तरल भएको भन्दै उहाँले कल्पना गरेभन्दा फरक हिसाबले चलिरहेको बताएका छन् । उनले मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको समेत टिप्पणी गर्नुभएको छ ।

 

प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com