काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीले कारबाही गर्ने तयारी गरेको छ।

केही समयदेखि एमाले विरोधी गतिविधि गर्दै आएका प्रसाईंलाई पार्टीबाट निष्कासन गर्नुपर्ने आवाज सामाजिक सञ्जालमा चर्को रुपमा उठ्दै आएको छ।

advertisement

एमालेको नीति सिद्धान्तविपरीत केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनी झन विवादमा परेका हुन्।

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन्। उनले गत सोमबार काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ सुरु गरेका हुन्।

उनी पछिल्लो समय पार्टीको नीति र सिद्धान्तविपरीत राजतन्त्र र हिन्दु राष्ट्रको वकालतमा प्रस्तुत हुन थालेका छन्।

नेकपा एमाले प्रदेश १ कमिटीको बैठक शुक्रबार बस्दैछ। त्यस बैठकमा प्रसाईंका विषयमा कुरा उठाउने तयारी गरिएको छ।

एमाले प्रदेश १ का इन्चार्ज एवं स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले प्रसाईंका विषयमा प्रदेश कमिटीमा छलफल हुने र कारबाहीका लागि केन्द्रमा सिफारिस गर्न सकिने बताए।

प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com