काठमाडौं । सरकारले प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैद सजाय तथा जरिवाना मिनाहा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३९५ जनाको सजाय मिनाहा गरेको राष्ट्रप्ति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

advertisement

राष्ट्रपति भण्डारीबाट फौजदारी अभियोगमा अदालतबाट सजाय पाएका पुष्कर गौतमसहित १४ जनालाई नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार सजाय माफी भएको जनाइएको छ ।

त्यस्तै, विष्णुकुमार लिम्बुसमेतका ३८१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर ऐन, २७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस २०७९ को उपलक्ष्यमा सजाय माफी भएको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति: ५ फाल्गुन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com