काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले राजा ज्ञानेन्द्र शाहलाई पुरानै झल्को आइरहेको बताएका छन्।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले राजा ज्ञानेन्द्र शाह आफ्ना वरिपरि दुईचार जना मान्छे देखेपछि जोशमा आएर हौसिएको बताए।

advertisement

‘ज्ञानेन्द्रजी आफैँ अलमलमा हुनुहुन्छ। उहाँलाई अझै पनि पुरानै झल्को आइरहेको छ। त्यो झल्काले दुई चार जना मान्छे अगाडि देख्यो भने जोश आउँछ। १५ वर्ष अगाडिसम्म २४० वर्षसम्म उहाँहरूले नै चलाएको होइन?,’ उनले प्रश्न गरे, ‘के बनाउनुभएको थियो? देशलाई कहाँ पुर्याउनुभएको थियो? १५ वर्षमा देशलाई मिलाउनुपर्ने होला। २५० वर्ष त खाएको छैन् होला नि।’

अध्यक्ष ओलीले राजासँग कुनै सहकार्य हुन नसक्ने बताए।

हिजो साँझ मात्र राजा ज्ञानेन्द्र शाहले प्रेस वक्तव्य जारी गर्दै देशको अधोगति आफूले हेरेर मौन बसिरहन नसक्ने भन्दै राजनीतिक दलहरू र राजसंसथाबीच सहकार्यको खाँचो रहेको औँल्याएका थिए।

प्रकाशित मिति: ७ फाल्गुन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com