काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन् । आइतबार सुर्खेतमा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै शर्माले काँग्रेसकै राष्ट्रपति हुने दाबी गरे ।

राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम पहिलो नम्बरमा रहेको भन्दै उनले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, जनजाति समुदायबाट गोपालमान श्रेष्ठ र दलित समुदायबाट मानबहादुर विश्वकर्मा पनि रहेको बताए । महामन्न्त्री शर्माले अघि भने, ‘शेरबहादुर देउवालाई नै बनाउने हो कि भन्ने हामी सोच्दैछौं ।’

advertisement

नेताहरूका अनुसार केही दिनअघि नेताहरूसँग भएको छलफलमा पनि शर्माले सभापति देउवा स्वयंलाई राष्ट्रपतिको उम्मेदवार बन्न सुझाएका थिए । तर देउवाले भने कहाँ हुन्छ त्यस्तो भन्दै तत्काल अस्वीकार गरेको नेताहरू बताउँछन् ।

महामत्री शर्माले भने राष्ट्रपति भए देउवाको सम्मानजनक बहिर्गमन पनि हुने बताए ।

यसैगरी त्यो बेला पसभापति पूर्णबहादुर खड्काले कार्यबाहक सभापति र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भने संसदीय दलको नेता बनाएर जान सकिने उनले बताएका छन् ।

 

प्रकाशित मिति: ७ फाल्गुन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com