काठमाडौं । भारतीय बुद्धिजीवी एसडी मुनीले नेपालमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने माग जायज भएको बताउँदै चार जनाको नाम सिफारिस गरेका छन्।

राष्ट्रपति निर्वाचनका लागि नेपालका राजनीतिक दलहरु उम्मेदवार चयनको कसरतमा सक्रिय भइरहेको बेला मुनीले राष्ट्रपतिका लागि योग्य भनेर चार जनाको नाम लिएका हुन।

advertisement

‘नेपालमा सर्वसम्मतीबाट नयाँ राष्ट्रपतिको माग जायज छ ।’ आज बिहान उनले ट्वीटरमा लेखेका छन्। राष्ट्रपतिका लागि योग्य भनेर मुनीले देवेन्द्रराज पाण्डे, प्राध्यापक बराल (लोकराज), दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम लिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् ।

सत्ता साझेदार दल नेकपा एमालेले भने दाहाललाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेलाई दिने सहमति भएको भन्दै आफूले पाउनुपर्ने अडान राख्दै आएको छ । यही असमझदारी बीच सत्ता गठबन्धन संकटमा परेको छ ।

एमालेसँग असमझदारी बढिरहेको बेला प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससँग सम्वाद अघि बढाएका छन् । राष्ट्रपति उम्मेदवारका विषयमा पार्टीको धारणा वनाउन माओवादीले आज पदाधिकारी वैठक समेत वोलाएको छ।

हालकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिंदै छ । त्यसअघि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

 

प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com