काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ।

सोमबार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधु-सन्तहरुलाई दुई सय रुपैयाँदेखि ९ हजार २ सय रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको हो।

advertisement

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २०० देखि सुरु गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको बताए। उनले गुठी संस्थानले पहिला तोकेर पैसा दिने गरे पनि कोषलाई भने त्यो नियम लागू नहुने भएकोले साधुहरूको सम्मानस्वरुप दक्षिणा दिएर पठाएको बताए।

उनले साधुहरूलाई दक्षिणा उनीहरूको सम्मानको सङ्केत रहेको भन्दै साधुहरूलाई सबैले सधैँ सम्मानको व्यवहार गर्नुपर्ने बताए। शिवरात्रिका वेला साधुहरूले भक्तजनबाट पनि दक्षिणा पाएको र कोषको तर्फबाट पनि दक्षिणास्वरुप साधुसन्तहरुलाई बिदाइ गर्ने प्रचलनअनुसार दक्षिण दिई आज बिदाइ गरिएको बताए।

साधुसन्तहरुलाई कोषले एउटा रुद्राक्षको मालासहित बिदाइ गरेको छ। महाशिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देश भारतसहित अन्य मुलुकबाट पनि साधु-सन्तहरू उपस्थित थिए।

प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com