काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति काँग्रेसकै उम्मेदवारले जित्ने दाबी गरेका छन् ।

नेपाली काँग्रेस सिन्धुली क्षेत्र नम्बर ’ख’ को प्रदेश १ ले आयोजना गरेको सहिदको सम्मान तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसले राष्ट्रपति पाउनु पर्छ भन्नेमा आफू विश्वस्त नभएको बताउँदै काँग्रेसले राष्ट्रपति लिएरै छाड्ने बताए ।

advertisement

उनले भने, ‘राष्ट्रपति पाउने होइन लिने हो, लिएर जितेर देखाउने हो । राष्ट्रपति काँग्रेसको उम्मेदवार हुन्छ र काँग्रेसको उम्मेदवारलाई जिताउँछौ भन्ने विश्वास दिलाउन चाहन्छु, उनले थपे, ‘राष्ट्रपतिमा नेपाली काँग्रेसको उम्मेदवार हुन्छ र नेपाली काँग्रेसले जित्छ ।’

नेपाली काँग्रेसमा विचार र सिद्धान्तलाई पन्छाएर जाने समस्या आएको भन्दै उनले नेपाली काँग्रेसमा विचार र सिद्धान्त बिस्तारै कमजोर हुँदै गएको बताएका छन् । नेपाली काँग्रेसभित्र अवसरवरादीहरुको झुण्डले घेर्ने समस्या आएको नेता कोइरालाको भनाइ छ । उनले नेपाली काँग्रेससहित अन्य राजनीतिक दलमा विचार बिनाको राजनीति चलिरहेको बताए । आगामी निर्वाचनका मतदाता हालका १४÷१५ वर्षका बालबालिका नै हुने भएकाले उनीहरूलाई समेत काँग्रेसको विचार र भिजन बुझाउनुपर्ने उनको भनाई छ।

लोकतन्त्र सुशासन पारदर्शी जबाफदेहिता र उत्तरदायित्वको बारेमा त्यो बर्गल्याई बुझाउनु पर्ने भन्दै उनले बिचार बिनाको राजनीति चल्न थालेको बताएका छन् । सिद्धान्त र विचार बिना राजनीति चल्न नसक्ने उनको भनाई छ ।

 

प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com