काठमाडौँ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) बैठकले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सहमति भएको छ ।
सिंहदरवारमा बसेको तीन दलको बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताएका छन्।
यद्यपि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको उम्मेदवारबारे अन्तिम निर्णय गर्न शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने भएका छन्।
प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार












प्रतिक्रिया