काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेपालको राजनीतिले गरेको गठबन्धन धेरै समय नटिक्ने ठहर पहिलै नै गरेको बताएका छन् ।शुक्रबार सुर्खेत  पुगेका सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता रावलले विपरीत सिद्धान्त भएका राजनीतिक दलले देशलाई गन्तव्यमा पुर्‍याउन नसकिने टिप्पणी गरेका हुन्।

आम निर्वाचनमा लोकप्रिय मतका लागि गठबन्धनका लागि गरियो यो कहिले टिक्दैन भनेर पहिले नै भनेको दाबी गरे ।

advertisement

रावलले भने,‘ अहिलेको सरकार बन्दा पनि मैले टिप्पणी गरेको थिए यो गठबन्धन पनि टिक्दैन भनेर । तर, यहि हुँदैछ नेपाली राजनीतिमा । यो पनि राष्ट्रको हितमा एउटा कुनै सिद्धान्त, मुल्यक मान्यताबाट निर्देशन छैन् । यसभित्र गम्भीर समस्या छिट्टै उत्पन्न हुनेछ भनेको थिए । ’

‘राष्ट्रपतिको निर्वाचनमा अहिलेको भएको गतिविधिले आम नागरिक पनि चकित पर्छन् होला ।’ उनले भने। अमुख विदेशीका राजदुतहरु नेताहरुको घर घरमा गएर भैलो खेलिरहेका उनले टिप्पणी गरेका छन्। यसरी देशको राष्ट्रपति जस्तो संविधानको संरक्षक नेपाली जनताको प्रतीक हुनुपर्ने पदलाई विदेशीले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

‘राष्ट्रपतिको बन्ने कुरा बिदेशीहरुले नाम लिएको समाचार माध्यममा सुने । यो र निन्दनीय रहेको छ।’

 

प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com