काठमाडौँ । नेपालमा घूस बिना एउटा टेबलको फाइल अर्को टेबुलमा पनि पुग्दैन । यो सबैलाई थाहा छ । तर यसपटक नयाँ ऊर्जा मन्त्रीले एकै पटक १५ सय मेगावाट बिजुलीको पिपिए गरिदिए । अर्थात १५ सय मेगावाट बिजुली खरिद गर्ने सम्झौता । यो खरिद लाख करोडको होइन, अर्बौं अर्बको हो ।

एउटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घूस मागिन्छ । दुई जहाज खरिद गर्दा ४ अर्बभन्दा बढी हिनामिना भएको दावी गरियो । अर्बौं अर्बको बिजुली खरिदको सम्झौता गरिँदा पानी मात्रै पिएर गरियो होला ? हुन सक्छ पानी मात्रै पिइएको थियो । हुन सक्छ कुनै गम्भीर आर्थिक खेल पनि भयो । घुस खानु र आमाको रगत खानु उस्तै हो भन्ने नारा प्रचारमा ल्याएका राजेन्द्र लिङ्देनमाथि नै यस्तो गम्भीर आरोप लागेपछि उनले सफाइमा केही कुरा लेखेका छन् ।

advertisement

‘घुस खानु आमाको रगत खानुसरह हो’ भन्ने नारा दिएर निर्वाचन जितेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष, उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङद्नमाथि घुस लिएको आरोप लागेको हो ।

मन्त्री लिङ्देनमाथि नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रसँग विद्युत खरिद सम्झौता (पीपीए) गर्दा एक अरब घुस लिएको आरोप लागेको हो ।

लामो समयदेखि रोकिएको प्रवाही नदीमा आधारित जलविद्युत आयोजना (आरओआर)को खरिद बिक्री सम्झौता (पीपीए) २०७९ माघ २४ गतेबाट खुल्ला गरिएको छ ।

१५ सय मेगावाटबाट लगभग १ अर्ब रुपैयाँ घुस वापत संकलन हुने देखेपछि मन्त्री लिङ्देनसमेत राजी भई सम्झौता खुला गरिएको आरोप उनीमाथि लागेको छ ।

मन्त्री लिङ्देन प्राधिकरणका निर्देशक कुलमान घिसिङ र केही ऊर्जा व्यवसायीहरुको प्रभावमा परेको भन्दै केही अनलाईन सञ्चारमाध्यममा समाचार नै सार्वजनिक भएको थियो ।

घुस लिएको भन्दै आलोचना भएपछि मन्त्री लिङ्देनले आफूमाथि लागेको आरोपको बिहीबार सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन् ।
बिहीबार आफ्नो फेसबुकमा उनले लेखका छन्– ‘केही दिन अघि नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रसँग विद्युत खरिद सम्झौता (पीपीए) गर्दा मैले एक अरब रकम लिएको भनि सुनियोजित ढंगबाट गरिएको दुष्प्रचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

विद्युत खरिद सम्झौता मात्र नभएर आफ्नो जिम्मेवारीमा रहेको मन्त्रालयमा हुने कुनै पनि निर्णयमा आफूले एक रुपैयाँ पनि हिनामिना नगरेको दाबी गरे । साथै आफूमाथि लागेको आरोपमा कसैले सत्य प्रमाण ल्याएमा आफू झुण्डिन तयार रहेको समेत उल्लेख गरेका छन् ।

लिङ्देनले भ्रष्ट्राचार गरेर खानु आमाको रगत खानु सरह रहेको वाक्य पुनः दोहो¥याएका छन् । आफूले उक्त भनाइ भन्नका लागि मात्र नभएर व्यवहारिक रुपमै पालना गर्ने समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com