काठमाडौं । शेरबहादुर देउवा राष्ट्रपति बनेको अवस्थामा कांग्रेसमा नयाँ संसदीय दलका नेता चुनिन्छन्। जो दलका नेता निर्वाचित भए पनि प्रधानमन्त्री बन्न बल गर्छन्। त्यो अवस्थामा एमालेले नै प्रधानमन्त्रीमा प्रस्ताव गर्छ। यस हिसाबले पनि पुष्पकमल दाहाल प्रचण्डलाई नै अर्को जोखिम छ।

कांग्रेसबाट अरू राष्ट्रपति बने पनि देउवालाई प्रधानमन्त्री बनाउन अर्को खेल सुरु हुन सक्छ। केपी शर्मा ओलीले नै देउवामा आकांक्षा जगाइदिन मात्रै होइन, प्रस्ताव नै गर्न सक्छन्। त्यति बेला प्रचण्ड सरकारबाट बाहिरिनुपर्ने अवस्था आउन सक्छ।

advertisement

देउवाको नाम पनि राष्ट्रपति उम्मेदवारका रूपमा चर्चामा छ। प्रचण्डले नै उनलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए। कांग्रेसका एकथरी नेता पनि देउवालाई राष्ट्रपति बनाउन लागिपरेका छन्। यही गठबन्धन रहे पाँच वर्षसम्मै प्रधानमन्त्री हुन नपाउने अवस्थामा राष्ट्रपति हुनु उत्तम हुने सुझाव उनीनिकटले दिएका छन् ।

कांग्रेसबाट रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्मा पनि आंकाक्षी देखिएका छन्। पार्टीभित्र र बाहिरबाट देउवा नै उम्मेदवार हुनुपर्ने दबाबका कारण पनि निर्णय लिन ढिलाइ भइरहेको एक नेता बताउँछन्।

कांग्रेसबाटै राष्ट्रपतिमा पौडेलको नाम अग्रपंक्तिमा छ। जसले १७ पटक प्रधानमन्त्रीमा पराजय भोगे। उनको सम्बन्ध २०७७ पुस ५ यता प्रचण्डसँग राम्रो देखिन्छ । कांग्रेसबाट पौडेल, सिटौला, श्रेष्ठ, विक जो राष्ट्रपति भए पनि देउवाको प्रधानमन्त्री हुने आकांक्षामा ‘ब्रेक’ लाग्दैन। ओलीले नै देउवाको यो आकांक्षा जगाइदिन सक्छन्। देउवा प्रधानमन्त्री भएर प्रचण्ड बाहिरिनुपर्ने हुन्छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com