काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मनत्रीहरु बर्खास्त गर्ने तयारी गरेका छन् । उपप्रधानसहित उर्जा तथा सिंचाईमन्त्री रहेका पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, सहरी विकासमन्त्री रहेका विक्रम पाण्डे, कानूनमन्त्री रहेका ध्रुवबहादुर प्रधान तथा उर्जा राज्यमनत्री रहेका दीपकबहादुर सिंहलाई बर्खास्त गर्ने तयारी भएको हो ।

आज सरकारलाई समर्थन गरेका दलहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्डले परिवर्तन उल्टाउन खोज्ने शक्तिहरुसँग सहकार्य गाह्रो भएको भन्दै राप्रपाका मन्त्रीहरु हटाउने संकेत गरेको बुझिएको छ । प्रचण्डले एमालेसँगको सहकार्य योभन्दा अघि जान नसकेको उल्लेख गर्दै अब नयाँ समीकरण बनाएर जानुपर्ने अवस्था आएको समेत बताएका छन् ।

advertisement

फरक फरक विचारधाराका एमालेसहित, राप्रपा र स्वपालाई मिलाएर लैजान सकस भएको उल्लेख गर्दै प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्ने शक्तिसँग सर्तक हुन जरुरी रहेको समेत बताएका थिए ।

 

प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com