काठमाडौं । नयाँ राष्ट्रपतिका लागि कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्बाङबीच प्रतिस्पर्धा हुने छ । दुवै पार्टीले आफ्नोतर्फका उम्मेदवारबारे औपचारिक निर्णय गरिसकेका छन् । अहिलेकै समीकरणअनुसार राष्ट्रपतिमा पौडेल निर्वाचित हुने निश्चित छ । तर तत्काल सरकार नछोड्ने निर्णय गरेको एमालेले टाढिएका दललाई फर्काउन संवादको ढोका खुल्लै राखेको छ । दलहरूकाे अस्थिर चरित्रका कारण अन्तिसम्म काे कतातिर पुग्छन् भनेर अनुमान लाउन कठिन नै हुन्छ ।

हिजाे भएकाे सहमतिअनुसार, कांग्रेसले अघि सारेका राष्ट्रपति उम्मेदवार पौडेललाई अन्य सात दलको साथ रहने छ । कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाले पौडेललाई भोट दिनेछन् । यी पार्टीसित कुल ३१ हजार ९ सय १७ मत छ ।

advertisement

कांग्रेससँग १६ हजार १ सय ४२, माओवादी केन्द्रसँग ७ हजार ७ सय ४५ मतभार छ । यसैगरी नेकपा एकीकृत समाजवादीसँग २ हजार ५ सय ७४, जनता समाजवादीसँग २ हजार १ सय ४५, जनमत पार्टीसँग १ हजार २ सय ४२, लोकतान्त्रिक समाजवादी पार्टीसँग ९ सय ७१ मत छ । यस्तै नागरिक उन्मुक्ति पार्टीसँग ८ सय ९२ र जनमोर्चा २ सय ६ मतभार छ । यी सबै पार्टीले मत दिएकाे अवस्थामा पाैडेलकाे जित पक्का छ ।

 

प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com