काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भोट माग्न पुगेका छन्।

लामिछाने निवास हात्तीगौंडा पुगेर नेता पौडेलले राष्ट्रपतिमा सहयोग मागेका हुन्। उनले आफूलाई मत दिन आग्रह गरेको लामछिानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए।

advertisement

जवाफमा लामिछानेले पार्टीभित्र छलफल गरेर टुंगोमा पुग्ने बताएका थिए। पौडेल राष्ट्रपतिका लागि मनोनय दर्ता नै नगरी भोट माग्न पुगेका हुन्। उनले संघीय संसद भवन पुगेर केहीबेरमा उम्मेदवारी दर्ता गराउँदैछन्।

प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com