काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले बनेको गठबन्धनलाई भ्यागुताको धार्नीको संज्ञा दिएका छन्।

उनले भ्यागुता कति वेला उफ्रन्छन् भन्ने कुनै ठेगान नहुने बताए। खनालले गठबन्धनहरूबाट देशले पार नपाउने र यिनको आयु समेत नभएको बताएका छन्।

advertisement

बङ्गलादेशको  कार्यक्रमबाट फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूको कुराकानीमा खनालले यस्तो बताएका हुन्।

बङ्गलादेशको ढाकास्थित सर्वोच्च अदालत परिसरमा सार्क ह्युमन राइट्स फाउण्डेशनको आयोजनमा ‘मानवअधिकार सम्मेलन-२०२३’ लाई सम्बोधन गरेर उनी आज राति स्वदेश फर्किएका हुन्। उनी बिहीबार बङ्गलादेश गएका थिए।

खनालले बङ्गलादेश र नेपालबीच अति सुमधुर, बहुआयामिक सम्बन्ध रहेको र पारवहन सुविधा दिएको बताए।​ ​

यसैगरी बङ्गलादेशमा डिसेम्बरमा हुने निर्वाचनमा विभिन्न मुलुकबाट पर्यवेक्षकहरू आउने र नेपालले पनि पर्यवेक्षक पठाउने बङ्गलादेशले अपेक्षा गरेको नेता खनालले जानकारी गराए।

प्रकाशित मिति: १४ फाल्गुन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com