काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे आवश्यक रणनीति बनाउन बसेको आठ दलको बैठकमा नायिका एलिजा गौतम पनि सहभागी भएकी छन् ।

हालै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी उनी आठदलीय बैठकमा सो पार्टीको प्रतिनिधित्व गर्दै बालुवाटार बैठकमा पुगेकी हुन् । उनी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)सँगै बालुवाटार पुगेकी हुन् । एलिजा चर्चित पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।

advertisement

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरू सहभागी छन् ।

प्रकाशित मिति: १४ फाल्गुन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com